जनकपुर । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो ।
मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले यादवको नाम चयन गरेको एक जेताले जानकारी दिए । एमाले केन्द्रीय सदस्य समेत रहेका यादव महोत्तरी क्षेत्र नं। ४ ९क० बाट निर्वाचित भएका थिए ।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्य समेत रहेकाहरु रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी लगायत दाबेदार रहेका थिए । मधेश प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूमा विभेद गरिएको भन्दै एमालेको आपत्ति
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं: एमाले
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह