हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । गएको ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज बस्न लागेको हो ।
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नेछन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गएको पुस १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आजको लागि आह्वान गरेका थिए । उनले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आहृवान गरेका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव कृष्ण हरी खड्काका अनुसार बिहान बागमती प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले आजको बैठकमा प्रस्तुत हुने सम्भावित कार्यसूची तयार पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा