हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । गएको ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज बस्न लागेको हो ।
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नेछन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गएको पुस १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आजको लागि आह्वान गरेका थिए । उनले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आहृवान गरेका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव कृष्ण हरी खड्काका अनुसार बिहान बागमती प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले आजको बैठकमा प्रस्तुत हुने सम्भावित कार्यसूची तयार पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस