पोखरा विमानस्थललाई सरकारले आवश्यक सहयोग गर्छ : अर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, १५ : ०५
पोखरा विमानस्थललाई सरकारले आवश्यक सहयोग गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

आइतबार पोखरा विमानस्थलको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अबको चुनौती विमानस्थलको सञ्चालन रहेको भन्दै अर्थ मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले भने, ‘विमानस्थलको सही र भरपुर सदुपयोग अब नयाँ एजेन्डा बनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनसँग पनि आवश्यक समन्वयन सरकारले गर्नेछ ।’

पोखरामा पर्यटकको ओइरो लागोस् भन्ने चाहनाका साथ यो विमानस्थल बनेको भन्दै अब यो चाहाना पुरा हुने उनले बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जनप्रतिनिधि र जनताले अथक प्रयास गरेका बताए ।

यो विमानस्थल निमार्णमा रवीन्द्र अधिकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै पौडेलले स्वर्गीय अधिकारीको स्मरण समेत गरे ।

प्रतिक्रिया दिनुहोस