काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आइतबारसम्ममा सरकारमा सहभागिताको विषयमा निर्णय गर्न भएको छ । सो पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने भएको छ ।
'अहिलेसम्म सरकारको बारेमा हाम्रो नीति भनेको पर्ख र हेर नभन्नेमा छ, समसामयिक राजनीतिक विषयमा अध्यक्ष र सम्मानित नेताले बोल्नु भयो । अन्य सदस्यहरुले बल्ल बोल्न सुरु गर्नु भएको छ, स्थायी कमिटीका सदस्य भविश्वर पराजुलीले भने,आजै बेलुका वा भोलिसम्म बिहान यस विषयमा औपचारिक निर्णय गर्नेछौं ।
कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले र नकपा माओवादी केन्द्रसहितका दलहरुको नयाँ गठबन्धन निर्माण भएको छ । गठबन्धन निर्माण गर्ने निर्णयमा आफूलाई संलग्न नगराएको भन्दै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट रहँदै आएका थिए ।
स्थायी कमिटीका सदस्य पराजुलीले बैठकमा एमालेसँग एकता हुने विषयमा छलफल नभएको बताए । अहिले अवस्थामा कुनै राजनीतिक दलसँग एकता हुँदैन, पराजुलीले भने ।
बैठकको सुरुवात गर्दे अध्यक्ष माधवकुमार नेपाल समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको बताएका छन् । यसअघि पनि नेपालले कांग्रेस र सभापति शेरबहादुर देउवाले समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने