भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते

एजेन्सी

शुक्रबार, १५ पुस २०७९, १२ : १४
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते

एजेन्सी । भारतीय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान ऋषव पन्त कार दुर्घटनामा परेर घाइते भएका छन् । पन्त उत्तराखण्डको रोर्कीमा दुर्घटनामा परेका हुन् । पन्तको देहरादुनको अस्पतालमा उपचार भइरहेको छ ।

घरबाट दिल्ली फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् । अहिले पन्त खतरामुक्त भएको बताइएको छ । पन्तले कार आफै चलाएका थिए । 

प्रतिक्रिया दिनुहोस