नेपाल टी–ट्वान्टी लिगमा आज दुई खेल

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, ०८ : १३
नेपाल टी–ट्वान्टी लिगमा आज दुई खेल

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज बिहीबार दुई खेलहरु हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सबीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

विराटनगरले प्रतियोगितामा एक मात्र जित हात पारेको छ । त्यसैले विराटनगर आजको खेलमा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । विराटनगरले २ अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।

यता पोखराले हालसम्म प्रतियोगितामा जित निकाल्न सकेको छैन । चार खेल खेलेर अंक विहिन पोखरा पहिलो जितको खोजीमा हुनेछ । पोखरा अंक तालिकाको पुछारमा छ ।

दुई टोलीबीचको पहिलो खेलमा बुधबार विराटनगरले पोखरालाई ६ विकेटले हराएको थियो । आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ ।

जनकपुरले प्रतियोगितमा दुई खेल जितेको छ । जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । यता फार वेस्ट ३ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस