हेटौडा । बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन् । बागमती प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखकाे कार्यालयमा शपथ गराएका हुन् ।
ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरण अनुसार उनकाे जन्म २००६ साल असोज २ गते भएको हो ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुंगानाले सभाको अध्यक्षता गर्नेछन् ।प्रदेश सभामा निर्वाचित बाँकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकी सांसदहरुलाई ज्येष्ठ सांसद ढुंगानाले शपथ गराउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक २ घण्टा ढिलो गरी सुरु
बागमती प्रदेशको पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक
एमाले बागमती प्रदेश अधिवेशन : २४५ मध्ये १६२ पदमा निर्विरोध
एमालेको बागमती प्रदेशको नेतृत्व चुन्न मतदान सुरु
नयाँ नेतृत्व चयनका लागि एमाले बागमतीमा मतदान सुरु
एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेद्वारा उम्मेदवारी फिर्ता