फुटबल लिजेन्ड अली दाईको परिवारलाई देशबाहिर जान रोक

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, १२ : ०९
फुटबल लिजेन्ड अली दाईको परिवारलाई देशबाहिर जान रोक

एजेन्सी । इरानी फुटबल लिजेन्ड अली दाइले आफ्नी श्रीमती र छोरीलाई देश छोड्न नदिन अन्तर्राष्ट्रिय उडान ‘रिरुट’ गरिएको बताएका छन् । ५३ वर्षीय अलीका अनुसार उनको परिवार सोमबार बिदामा उनीसँग सामेल हुन तेहरानबाट दुबई उडान गर्ने प्रयास गरेको थियो ।  

तर, उडानलाई एउटा इरानी टापुमा अवतरण गर्न लगाइयो र तिनीहरूलाई हटाइएको थियो । विमान रिरुट गर्नुको कुनै कारण दिइएको छैन् ।  सेप्टेम्बरमा २२ वर्षीय इरानी–कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा प्रदर्शन सुरु भएको थियो । अनुचित रूपमा टाउकोमा बुर्का  लगाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । 

६९ बालबालिकासहित ५०० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् भने हजारौंलाई गिरफ्तार गरिएको मानवअधिकारकर्मीहरूले बताएका छन् । दर्जनौं इरानी सुरक्षाकर्मी पनि मारिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस