प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने मन्त्रिपरिषद्काे पहिलो निर्णय

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, २० : २२
प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने मन्त्रिपरिषद्काे पहिलो निर्णय

काठमाडौं । मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछने रहेका छन् । साथै मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार र अब्दुल खान सहभागी छन्। 

प्रतिक्रिया दिनुहोस