काभा यु-२३ भलिबलः जितविहिन हुँदै नेपालको सम्भावना सकियो

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, १३ : ११
काभा यु-२३ भलिबलः जितविहिन हुँदै नेपालको सम्भावना सकियो

काठमाडौं । काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहिन बनेको छ । सोमबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सोझो सेटमा पराजित भएको हो ।  

बंगलादेशको ढाकास्थित सहिद शुरवार्दी नेसनल इन्डोर रंगशालामा पहिलो सेट २५–२२ जितेकोनेपालले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले गुमाएको थियो । चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पार्दा  खेल पाँचौ तथा अन्तिम सेटसम्म लम्बिएको थियो । पाँचौ सेट नेपालले  १५–१० ले गुमायो ।

आइतबार सम्पन्न सेमिफाइनलमा नेपाल घरेलु टोली बंगलादेश तथा श्रीलंका कीर्गिस्तानसँग समान सोझो सेटमा पराजित भएका थिए । यसअघि नेपालले समूह चरणमा घरेलु टोली बंगलादेश र श्रीलंकासँग  समान ३–० को सोझो सेट तथा किर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो ।

सोमबार नै हुने फाइनलमा बंगलादेश र किर्गिस्तान प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस