नेपाल सेमिफाइनलमा बंगलादेशसँग पराजित

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, ०६ : ०९
नेपाल सेमिफाइनलमा बंगलादेशसँग पराजित

काठमाडौँ। नेपाली यू–२३ पुरुष भलिबल टोली काभा अन्तार्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा बंगलादेशसँग पराजित भएको छ ।

आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो ।पहिलो सेट २५–१५ ले हारेको नेपाल दोस्रो सेटमा २५–२२ ले पराजित हुन पुग्यो । अन्तिम सेटमा २५–१३ ले पराजित हुँदै नेपाल तेस्रो स्थानका लागि खेल्ने भएको छ ।

नेपालले अब तेस्रो स्थानका लागि भोलि श्रीलंकासँग खेल्ने छ । त्यस्तै उपाधिका लागि कीर्गिस्थान र बंगलादेशले प्रतिस्पर्धा गर्नैछन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ । त्यस्तै तेस्रो स्थानका लागि हुने खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस