काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँगै अहिले नेपाली राजनीतिमा तरंग आएको छ ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायतको समर्थनमा प्रचण्ड नाटकीय रुपमा प्रचण्ड देशको ४४ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।
आइतबार दिउँसोसम्म सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न ओली सहमत भएसँगै नयाँ सरकार बनेको हो ।
प्रचण्ड नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले पनि आफ्नो टिप्पणी सार्वजनिक गरेका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, ०४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको रिट सवैधानिक इजलासमा पेशी
बालेनलाई ३० भन्दाबढी नागरिक अगुवाले पठाए खुलापत्र
जथाभाबी वक्तव्यवाजी नगर्न आग्रह काठमाडौं प्रशासनको आग्रह
‘श्रीमती चढेको गाडी प्रहरीले रोकेपछि मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की
प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन
सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखियो : मेयर बालेन