जीवन संगिनीको उपचार पश्चात अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

सफल खबर संवाददाता

आइतबार, १७ असार २०७५, २२ : ४४
जीवन संगिनीको उपचार पश्चात अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचार पश्चात आज बेलुका ९ बजे स्वदेश फर्किनुभएको छ । सिंगापुरस्थित एमटि. एलिजाबेथ अस्पतालमा उहाँको रोगको पहिचान गरी उपचार पश्चात स्वास्थ्य स्थितिमा राम्रो सुधार आएको छ ।

उहाँलाई Progressive Supranuclear Palsy (PSP) भएको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका छन् । तीन महिनासम्मको वाटर थेरापी र औषधी सेवन पछि रोगको निदान हुँदै जाने चिकित्सकहरुको भनाई रहेको छ । रोगको पहिचान भएको र निदान हुने कुराले उहाँ र उहाँको परिवारमा आशा जगाएको छ । विभिन्न स्थानमा गरिएको परिक्षणमा रोगको ठोस पहिचान हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस