एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती हमलापछि दुई हप्ताका लागि सबै सार्वजनिक जमघट र सभाहरूमा प्रतिबन्ध लगाइएको छ। शुक्रबार भएको आत्मघाती हमलामा एक प्रहरी अधिकारी र पाकिस्तानी तालिबानका दुई लडाकुको मृत्यु भएको थियो ।
हालैका सल्लाह र कानून प्रवर्तन निकायहरूले जारी गरेको खतरा सतर्कता र प्रहरीमाथि भएको हमलाको सन्र्दभमा राजधानी इस्लामाबादमा सबै प्रकारका सभा, भेला र मण्डलीहरू आयोजना गर्न दुई साताको लागि प्रतिबन्ध लगाइने इस्लामाबादस्थित डिप्टी कमिसनर इरफान नवाज मेमनको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।
उक्त हमलापछि इस्लामावादको सुरक्षा सर्तकता बढाइएको छ । त्यस्तै डिसेम्बर ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि सार्वजनिक स्थलमा राजनीतिक सभा गर्न पनि रोक लगाइएको छ । यसैबीच, पाकिस्तानी तालिबान समेत भनिने तेहरिक–इ–तालिबान पाकिस्तान (टीटीपी)ले आत्मधाती हमलाको जिम्मा लिएको छ । प्रहरीले हमलाका संदिग्ध एक पुरुष र महिलाको खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १० पुस २०७९, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत