एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती हमलापछि दुई हप्ताका लागि सबै सार्वजनिक जमघट र सभाहरूमा प्रतिबन्ध लगाइएको छ। शुक्रबार भएको आत्मघाती हमलामा एक प्रहरी अधिकारी र पाकिस्तानी तालिबानका दुई लडाकुको मृत्यु भएको थियो ।
हालैका सल्लाह र कानून प्रवर्तन निकायहरूले जारी गरेको खतरा सतर्कता र प्रहरीमाथि भएको हमलाको सन्र्दभमा राजधानी इस्लामाबादमा सबै प्रकारका सभा, भेला र मण्डलीहरू आयोजना गर्न दुई साताको लागि प्रतिबन्ध लगाइने इस्लामाबादस्थित डिप्टी कमिसनर इरफान नवाज मेमनको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।
उक्त हमलापछि इस्लामावादको सुरक्षा सर्तकता बढाइएको छ । त्यस्तै डिसेम्बर ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि सार्वजनिक स्थलमा राजनीतिक सभा गर्न पनि रोक लगाइएको छ । यसैबीच, पाकिस्तानी तालिबान समेत भनिने तेहरिक–इ–तालिबान पाकिस्तान (टीटीपी)ले आत्मधाती हमलाको जिम्मा लिएको छ । प्रहरीले हमलाका संदिग्ध एक पुरुष र महिलाको खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १० पुस २०७९, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी