नेपाली भलिबल टोलीलाई लगातार तेस्रो असफलता

सफल खबर संवाददाता

शनिबार, ०९ पुस २०७९, १९ : ५४
नेपाली भलिबल टोलीलाई लगातार तेस्रो असफलता

काठमाडौं । काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल जित बिहिन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ ।

बंगललादेशको शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५-१६ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै २५-२३ को जित निकालेको थियो । त्यस्तै तेस्रो सेट २५-१७ ले गुमाएको नेपालले चौथो सेट २५-१९ मा जित निकाल्दा अन्तिम सेटमा कीर्गिस्तानले १५-६ को जित सुनिश्चित गरेको हो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता छ । नेपालले यसअघिको खेलमा बंगलादेश र श्रीलंकासँग पराजय ब्यहोरेको थियो । नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस