एजेन्सी । इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । २४ वर्षीय करनलाई शुक्रबार कोच्चिमा भएको लिलामीमा पञ्जाब किंग्सले १८.५० करोड भारुमा किनेको थियो ।
यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो । उनलाई १६.२५ करोडमा खरिद गरिएको थियो । क्यामरन ग्रीन (१७.५० करोड) ले पनि मोरिसको कीर्तिमानलाई पछाडि छोडेका छन् । यता निकोलस पूरन अहिलेसम्मकै सबैभन्दा महँगा विकेटकिपर बनेका छन् । उनलाई लखनउ सुपर जायन्ट्सले १६ करोडमा किनेको थियो ।
शुक्रबार दिउँसो २.३० बजे सुरु भएको लिलामी बेलुका ८.३० बजे अर्थात् ६ घण्टासम्म चलेको थियो । टोलीसँग कूल २०६.५ करोड भारतीय रुपैयाँ थियो र अधिकतम ८७ खेलाडीहरू किन्न सक्थे। तर, सबै १० टोलीले जम्मा १६७ करोड रुपैयाँ खर्च गरेर ८० खेलाडी किनेका छन् ।
लिलामीमा अलराउन्डरको उच्च माग थियो। उनीहरुमा १०३.९५ करोड रुपैयाँ खर्च भएको थियो । यो लिलामीमा खर्च भएको रकमको ६२.२५ प्रतिशत हो। लिलामीमा ४ सय ५ खेलाडीको नाम थियो । तर, जम्मा १ सय ५३ खेलाडीको बोली लगाइएको थियो । ७३ खेलाडीलाई कसैले किनेनन् भने रहे र ८० खेलाडीले खरिदकर्ता पाए । जसमा २९ विदेशी र ५१ भारतीय खेलाडी छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ पुस २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित