एजेन्सी । इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । २४ वर्षीय करनलाई शुक्रबार कोच्चिमा भएको लिलामीमा पञ्जाब किंग्सले १८.५० करोड भारुमा किनेको थियो ।
यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो । उनलाई १६.२५ करोडमा खरिद गरिएको थियो । क्यामरन ग्रीन (१७.५० करोड) ले पनि मोरिसको कीर्तिमानलाई पछाडि छोडेका छन् । यता निकोलस पूरन अहिलेसम्मकै सबैभन्दा महँगा विकेटकिपर बनेका छन् । उनलाई लखनउ सुपर जायन्ट्सले १६ करोडमा किनेको थियो ।
शुक्रबार दिउँसो २.३० बजे सुरु भएको लिलामी बेलुका ८.३० बजे अर्थात् ६ घण्टासम्म चलेको थियो । टोलीसँग कूल २०६.५ करोड भारतीय रुपैयाँ थियो र अधिकतम ८७ खेलाडीहरू किन्न सक्थे। तर, सबै १० टोलीले जम्मा १६७ करोड रुपैयाँ खर्च गरेर ८० खेलाडी किनेका छन् ।
लिलामीमा अलराउन्डरको उच्च माग थियो। उनीहरुमा १०३.९५ करोड रुपैयाँ खर्च भएको थियो । यो लिलामीमा खर्च भएको रकमको ६२.२५ प्रतिशत हो। लिलामीमा ४ सय ५ खेलाडीको नाम थियो । तर, जम्मा १ सय ५३ खेलाडीको बोली लगाइएको थियो । ७३ खेलाडीलाई कसैले किनेनन् भने रहे र ८० खेलाडीले खरिदकर्ता पाए । जसमा २९ विदेशी र ५१ भारतीय खेलाडी छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ पुस २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने