महिला आयोगले काम गर्न नसक्नु विडम्बना : मन्त्री रेग्मी

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, १६ : ३६
महिला आयोगले काम गर्न नसक्नु विडम्बना : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु विडम्बनाको कुरा भएको उनको टिप्पणी थियो ।

शुक्रवार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढ्दै जानु तर महिला आयोगले काम गर्न नसक्नु दुःखद विषय भएको गुनासो समेत गरिन् । उनले मन्त्रालयमा बजेटनै नभएकाले हिंसा पीडित महिलाहरूलाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पारिन् । मन्त्री रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसाका लागि आवश्यक बजेटको व्यवस्था हुने गरी आफूले योजना तय गरेको दाबी समेत गरिन् ।

मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गर्ने काम गरेको पनि बताइन् । ८० करोडभन्दा बढी बजेट नभएको मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १ अर्ब ७८ करोड पु¥याइएको उनले बताइन् । मन्त्री रेग्मीले ८० प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्ने आफ्नो मन्त्रालयका लागि अझै पनि बजेटको अभाव रहेको र सोही कारण पीडितको मागलाई सम्बोधन हुने गरी काम गर्न सक्ने अवस्था नरहेको स्पष्टीकरण समेत दिइन् ।

त्यस अवसरमा मन्त्री रेग्मीले आफूले मन्त्री भएर आएपछि नै महिला मन्त्रालयमा ‘महिला पहिला’ अभियान, महिला सुरक्षा कार्यक्रमजस्ता नयाँ कामहरू सुरु भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस