काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् ।
उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराएका हुन् ।उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् ।
एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुटेका थिए । आले पारिवारिक शोकमा छन् भने र राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन् । उनीहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाका अन्य सदस्यहरुले संसद भवन नयाँबानेश्वरमा बिहीबार शपथ ग्रहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ
नवनियुक्त चार मन्त्रीले लिए शपथ
एक घण्टा पछि सर्यो मन्त्रीहरूको शपथ