काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् ।
उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराएका हुन् ।उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् ।
एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुटेका थिए । आले पारिवारिक शोकमा छन् भने र राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन् । उनीहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाका अन्य सदस्यहरुले संसद भवन नयाँबानेश्वरमा बिहीबार शपथ ग्रहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र सदस्यले लिए पद तथा गोपनीयताको शपथ
डा. बाबुराम भट्टराईबाट जनार्दनसहित प्रलोपाको केन्द्रीय सदस्यहरूले लिए शपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन