माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस नेता प्रकाशमान सिंहबिच भेटवार्ता, के भयो कुराकानी ?

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, ११ : १९
माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस नेता प्रकाशमान सिंहबिच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । 

अध्यक्ष प्रचण्ड र नेता सिंहबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलकै निरन्तरतास्वरुप शुक्रबार बिहान नेताहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बिहीबार बालुवाटारमा भएको छलफलमा सत्ता बाँडफाँटबारे नेताहरुबीच औपचारिक छलफलको सुरुवात भएको थियो । त्यस क्रममा अध्यक्ष प्रचण्डले आलोपालोको सहमति अनुसार पहिलो २ वर्ष आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेका थिए ।

त्यसमा देउवाले सकारात्मक जवाफ दिँदै छलफल गर्दै अघि बढ्न सकिने बताएका थिए । तर देउवालाई पार्टीभित्रैबाट पहिलो पटक प्रधानमन्त्री नछोड्न दवाव परेको बताइएको छ । 

बिहीबार बालुवाटारमा भएको नेताहरुको छलफलमा प्रचण्ड र देउवाबीच आलोपालोमा प्रधामन्त्री, राष्ट्रपतिमा कांग्रेस,उपराष्ट्रपतिमा माओवादी, सभामुखमा माओवादी, उपसभामुख र राष्ट्रिय सभामा नेकपा एकीकृत समाजवादीलाई दिनेगरी सहमति गर्न सकिनेमा नेताहरू लगभग सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस