काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यपकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्ड र नेता सिंहबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालबीच भएको छलफलकै निरन्तरतास्वरुप शुक्रबार बिहान नेताहरुबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बिहीबार बालुवाटारमा भएको छलफलमा सत्ता बाँडफाँटबारे नेताहरुबीच औपचारिक छलफलको सुरुवात भएको थियो । त्यस क्रममा अध्यक्ष प्रचण्डले आलोपालोको सहमति अनुसार पहिलो २ वर्ष आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेका थिए ।
त्यसमा देउवाले सकारात्मक जवाफ दिँदै छलफल गर्दै अघि बढ्न सकिने बताएका थिए । तर देउवालाई पार्टीभित्रैबाट पहिलो पटक प्रधानमन्त्री नछोड्न दवाव परेको बताइएको छ ।
बिहीबार बालुवाटारमा भएको नेताहरुको छलफलमा प्रचण्ड र देउवाबीच आलोपालोमा प्रधामन्त्री, राष्ट्रपतिमा कांग्रेस,उपराष्ट्रपतिमा माओवादी, सभामुखमा माओवादी, उपसभामुख र राष्ट्रिय सभामा नेकपा एकीकृत समाजवादीलाई दिनेगरी सहमति गर्न सकिनेमा नेताहरू लगभग सहमत भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन