आइएमई दसैँ अफर विजेतालाई चेक हस्तान्तरण, बेलीमाया तामाङ्गलाई आइएमईको रू. १० लाख उपहार

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, १५ : २७
आइएमई दसैँ अफर विजेतालाई चेक हस्तान्तरण, बेलीमाया तामाङ्गलाई आइएमईको रू. १० लाख उपहार

काठमाडौँ ।आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । 

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाए तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेका थिए । 

मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन । 
 

प्रतिक्रिया दिनुहोस