निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने सकेन : अध्यक्ष ओली

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, १४ : ४०
निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने सकेन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन।

अध्यक्ष ओलीले बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आरोप लगाए । नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकीर गरे।

उनले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने बताए । ओलीले उनले भने, ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरुको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन ।

कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे त्यस्ता निकायहरुले भन्ने अवस्था रहेन । धाँधली भएका ठाउँमा, बुथ क्याप्चर भएका ठाउँमा सबैलाई थाहा छ–बुथ क्याप्चर भएको छ । प्रमाणहरु छन । तर दोहो¥याएर निर्वाचन गरिएन । जे भएको छ, त्यही गन्ने भनियो । नेपालजस्तो ठाउँमा ९८ प्रतिशत, ९९ प्रतिशत निर्वाचनमा भोट खस्नु, मरेका मानिसले भोट हाल्नु, विदेश भएकाले भोट हाल्नु जस्ता कुराहरु भए ।

देख्नुपर्ने ठाउँबाट ती देखिएन । नदेखैझैं गरियो । यो वास्तवमै दुखद कुरा हो । र, यदि आगामी दिनमा मैले यो कुराको किन चर्चा गरेको हुँ भने आगामी दिनमा पनि यदि हामीले यस्ता अलोकतान्त्रिक, अवाञ्छित क्रियाकलापहरुलाई, गैरकानुनी क्रियाकलापहरुलाई रोक्ने सकेनौं र यस्तै कुरा भईरहने हो भने लोकतन्त्र भन्ने कुराको के अर्थ हुन्छ रु लोकतान्त्रिक अभ्यास र निर्वाचन भन्ने कुराको के अर्थ हुन्छ ? बुथ कब्जा नै गर्ने हो भने । त्यसकारण यस्ता कुराहरुप्रति हामी सजग हुनु र रोक्नु जरुरी हुन्छ । यदि यस्ता कुराहरुलाई रोक्न सकिएन भने जनताको विश्वास लोकतान्त्रिक अभ्यासप्रति वितृष्णा बढदै जान्छ । र, विस्तारै प्रणालीप्रति नै यो विश्वास कमजोर हुँदै जान्छ । यस्ता प्रवृत्तिहरुलाई नरोक्ने हो भने । यस्ले विस्तारै विस्तारै अभ्यासलाई मात्रै होइन् प्रणालीप्रतिकै विश्वास हटाई दिने, प्रणालीलाई नै अलोकप्रिय बनाई दिने र असफल बनाई दिने हुन्छ ।’

कार्यक्रममा ओलीलाई सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस