कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, ०८ : १२
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । आज प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमाली भूभागमा हिमपात हुनुका साथै तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लाग्ने हुनाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

विभागले जारी गरेको सूचनाअनुसार आज पनि भारत विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर नेपालमा पर्नेछ । आज दिउँसो प्रदेश १ मा आंशिक बदली रही पहाडको एक दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । बाँकी ठाउँमा सामान्यतः मौसम सफा रहनेछ । त्यसैगरी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा पनि मौसम बदली रहनेछ ।  

सोहीअनुसार विभागको सूचनाअनुसार बुधबार प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ । बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात पनि हुनेछ । 

त्यस्तै, पुस ७ गते विहीबार  प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । तराईका जिल्लामा विहानीको समयमा कुहिरो लाग्नेहुनाले चिसो बढने विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । देशभरको तापक्रम पनि क्रमिकरुपमा घट्दैजाने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस