काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।
कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उम्मेदवारी दर्ता गर्नु पर्नेछ ।
उम्मेदवारी दर्ता आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उम्मेदवार बन्न ५१ हजार शूल्क तिर्नुपर्ने भएको छ ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । यद्यपि, कोइराला र थापाबीच सहमतिको प्रयास भइरहेको छ ।
कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । बुधबार कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा