कैलालीको अत्तरियामा गोली चल्यो, दुई जना घाइते

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, १९ : ५६
कैलालीको अत्तरियामा गोली चल्यो, दुई जना घाइते

धनगढी । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरी जनाएको छ । गोली लागेर दुई जना घाइते भएको र अस्पताल भर्ना गरिएको प्रहरीले बताएको हो ।

अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै गोली चलेको भए पनि कस्ले र किन गोलि चलायो भन्ने बारेमा जानकारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिका सुचना अधिकारी प्रहरी निरीक्षक वासुदेव भट्टले बताए । घाइते दुई जनाको अत्तरियास्थित पदमा  अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस