एजेन्सी । मलेसियाको सेलान्गोर राज्यमा पहिरोमा परी मृत्यु हुनेको संख्या कम्तीमा २१ पुगेको छ। मारिनेमा बालबालिका पनि रहेका छन्। यसैगरी १४ जना बेपत्ता भएका छन्।
घटना सेलान्गोरको बताङ काली शहरमा रहेको शिविर नजिक भएको हो। शुक्रबार बिहान ३ बजे परिवार पालभित्र सुतिरहेका बेला पहिरो खसेको हो। शुक्रबारदेखि माटोमुनि फसेकाहरुको खोजी कार्य तीव्र गतिमा भइरहेको छ।
शिविरमा रातभर बस्न ५१ वयस्क र ३० बालबालिकाले नाम दर्ता गराएको शिविरका प्रबन्धकले बताए। मलेसियाली प्रशासनलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा ७०० अधिकारी राहत र उद्धार कार्यमा संलग्न रहेको र १४ जना अझै बेपत्ता रहेको खबर आएको छ।
मृत्यु हुनेमा कम्तीमा चार बालबालिका रहेको जनाइएको छ। न्यू स्ट्रेट्स टाइम्सको रिपोर्ट अनुसार २० प्राथमिक विद्यालयका शिक्षकहरू र उनीहरूका परिवारहरू शिविरमा बसिरहेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ पुस २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते