झिनो अंकले घट्यो नेप्से

सफल खबर संवाददाता

बुधबार, २८ मंसिर २०७९, १५ : २४
झिनो अंकले घट्यो नेप्से

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुँदा सम्म २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ ।

सोमबार एकाएक सुधार देखिएको शेयरमार्केट त्यसयता घट्न पुगेको छ । बैंकहरुको ब्याजदर पुष महिनामा घट्न नसक्ने हल्लाले गर्दा पनि शेयरबजार प्रभावित बन्न पुगेको हो । निक्षेपसँगै कर्जाको ब्याजदर बढेसँगै शेयरबजार प्रभावित बन्न पुगेको छ ।

केही महिनायता शेयरबजारमा रौनकता देखिएको छैन । आम लगानीकर्ताहरु शेयरबजारको खस्किँदो अवस्थालाई हेरेर आफुसँग रहेको शेयर समेत होल्ड गरेर बसेको देखिन्छ । यसैको प्रभावले पछिल्ला केही दिनयता शेयरबजारमा कारोबार करोडमा सीमित हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच हुँदा ७२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस