इरानमा सरकारविरोधी प्रदर्शनमा उत्रिएका दोस्रा व्यक्तिलाई पनि मृत्युदण्ड

सफल खबर संवाददाता

मंगलबार, २७ मंसिर २०७९, ०८ : ३७
इरानमा सरकारविरोधी प्रदर्शनमा उत्रिएका दोस्रा व्यक्तिलाई पनि मृत्युदण्ड

एजेन्सी । इरानले देशमा जारी विरोध प्रदर्शनबीच पक्राउ परेका दोस्रा व्यक्तिलाई पनि मृत्युदण्ड दिएको छ । हिजाबविरोधी आन्दोलनमा सहभागी माजिद्रेजा रहनावार्डलाई सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हो । उनलाई ‘भगवानविरुद्ध युद्ध’ गरेको आरोपमा त्यसको दुई दिनपछि पक्राउ गरिएको थियो ।

उनलाई सुरक्षाकर्मीको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको न्यायपालिकाले जनाएको छ । रहनभार्डले नोभेम्बर १७ मा बसिजका दुई सदस्यविरुद्ध ‘अतिवादी’ कार्य गरेको सरकारले दाबी गरेको थियो । उनलाई दिइएको सजायको तस्बिर पनि सार्वजनिक गरिएको छ , जहाँ पछाडिको हात बाँधेर क्रेनबाट झुण्डाइएको थियो ।

यसअघि प्रदर्शनमा सहभागी भइ पक्राउ परेका अर्का एक व्यक्तिलाई गत साता मृत्युदण्ड दिइएइको थियो । २३ वर्षीय मोहसेन शेकारीलाई मृत्युदण्ड दिइएको थियोे ।
मध्य तेहरानमा बसिज अर्धसैनिक बलका एक सदस्यलाई चक्कु आक्रमण गरी घाइते बनाएको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको थियो । 

हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकतासम्बन्धी प्रहरीको गिरफ्तारमा परेकी युवती महसा अमिनीको हिरासतमै मृत्युपछि इरानमा विरोध प्रदर्शन सुरु भएको थियो । उनको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएको थियो । हिजाब विरोधी प्रदर्शनमा हजारौँ पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ भने प्रहरी दमनमा ४ सयभन्दा बढीको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस