विश्वकपको सेमिफाइनल र फाइनलमा खेलाउने बल सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २५ मंसिर २०७९, २० : ०८
विश्वकपको सेमिफाइनल र फाइनलमा खेलाउने बल सार्वजनिक
काठमाडौं । फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ ।‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो । जसको अर्थ ‘द ड्रिम’ अर्थात सपना हो । यो बल समुह चरणमा खेलाइएको बल भन्दा फरक छ । समूह चरणमा ‘अल रिहला’ अर्थात ‘द जर्नी’ नामक बल खेलाइएको थियो । यो नयाँ बलमा अल रिहलाको जस्तै प्रविधिको प्रयोग गरिएको छ । जसबाट बलबारे निर्णय लिन निकै सहज हुने गरेको छ । यस पटकको विश्वकपमा बलको पोजिसन थाहा पाउन सेन्सर टेक्नोलोजी जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस