महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी

सफल खबर संवाददाता

आइतबार, २५ मंसिर २०७९, १६ : २८
महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी छन् । आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी हुन् ।

उनले अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन् । उनले महिला हिंसा गाउँघरमा मात्रै नभइ शहरी क्षेत्रमा पनि उत्तिकै भएको बताइन् ।

मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने बताइन् । उनले राजनीतिक दलहरुले पनि महिला हिंसाको बिरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरिन् । राजनीतिक दलहरुले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘यो समाजलाई सचेत नगरीकन महिला हिंसाको सरकारले गरेर मात्रै पनि भएन । समाजलाई पूरै सचेत गराउनको लागि अभियान गर्नुप-यो । अब कार्यक्रम होइन । महिला हिंसा बिरुद्धको कोठाभित्रको कार्यक्रम होइन अभियानको रुपमा लैजानुप¥यो । शहरी क्षेत्रमा पनि छ महिला हिंसा । शहरी क्षेत्रमा पनि छ । जति पढेलेखेको भएपनि हिंसा भएकै छ । त्यसैले दूरदराजको कुरा मात्रै होइन । जान्ने, सुन्ने उच्च ओहोदा भएको ठाउँमा पनि हिंसा भएकै छ । हामीले अब अभियानको रुपमा सडकमा गर्ने हो कार्यक्रम । अब कोठाभित्र कार्यक्रम गरेर हुँदैन ।’

उनले फेरि भनिन्, ‘सडकमा हिंसाविरुद्धको अभियानको रुपमा सडक नाटक होस् । अथवा ब्यानर, माइक लिएर बाजागाजा लिएर सडकको कामसम्म पु¥याउनुपर्ने अवस्था छ । कानून हुँदाहुँदै पनि अपराधीले हातमा कानून लिएर अपराध गरिरहेको छ । त्यसैले हामी सबै सचेत हौँ । समाजलाई सचेत नगराइकन यो हिंसाको अन्त्य हुँदैन । राजनीतिक दलले अभियानको रुपमा लिनैपर्छ । घोषणापत्रमा मात्रै लेखेर पुग्दैन । भाषण गर्दा मात्र भनेर पुग्दैन । अभियानको रुपमा राजनीतिक दलले यो समस्यालाई लिएको खण्डमा मात्रै न्युनिकरण हुनसक्छ । समाज, राजनीतिक दल सबैलाई समेत गराऔँ ।’

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताइन् । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनले बताइन् । उनले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामुहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस