नेपाली सेनाका पूर्वबलाधिकृत रथि महत मृत फेला

सफल खबर संवाददाता

शनिबार, २४ मंसिर २०७९, २० : ५३
नेपाली सेनाका पूर्वबलाधिकृत रथि महत मृत फेला

काठमाडौं । नेपाली सेनाका पूर्वबलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत शनिबार आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

महतको शव परीक्षणका लागि त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश पाएका थिए ।