धनगढीमा आजबाट सुदूरपश्चिम महोत्सव सुरु, प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै

सफल खबर संवाददाता

विहीबार, २२ मंसिर २०७९, १२ : १२
धनगढीमा आजबाट सुदूरपश्चिम महोत्सव सुरु, प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै

धनगढी । धनगढीमा आजबाट सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ। महोत्सवको तयारी पूरा भएको र आज दिउँसो २ बजे उद्घाटन गरिने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर २२ गते९आज० दिउँसो २ बजे महोत्सवको उद्घाटन गर्ने उनले बताए। प्रधानमन्त्री देउवा ११ बजे काठमाडौँबाट आउने संघले जनाएको छ। उनका अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका नृत्य प्रदर्शन गर्ने तयारी छ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन। उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषि उपजलगायतका झण्डै चार सय स्टल रहेका छन। महोत्सवको पूर्व सन्ध्यामा आज बिहान धनगढी बजारमा प्रभात फेरि निकालिएको छ।

प्रतिक्रिया दिनुहोस