एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको छ । न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपराधमा दोषी ठहर गरेको हो । कम्पनीमाथि षडयन्त्र, झुट प्रतिबेदनलगायत १७ वटा अभियोग लगाइएको बिबीसीले जनाएको छ ।
ट्रम्प अर्गनाइजेसन पूर्वराष्ट्रपतिको पर्यायवाची हो । तर, ट्रम्प र उनको परिवारका सदस्यहरू व्यक्तिगत रूपमा सुनुवाईमा सहभागी भएनन् । फैसलामाथि पुनरावेदन गर्ने प्रतिबद्धता जनाउँदै ट्रम्पले आफू दुःखित भएको बताए ।
कम्पनीलाई एक दशकभन्दा बढी समयसम्म अपारदर्शी ढंगले आफ्ना शीर्ष अधिकारीहरूलाई नाफा दिएको आरोप लगाइएको छ । कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्क रहेको अभियोजनकर्ताले बताएका छन् ।
कम्पनीलाई करिब १६ लाख डलर जरिवाना लाग्न सक्ने अनुमान गरिएको छ । अर्गनाइजेस दोषी ठहर भएसँगै सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्ने अनुमान गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २१ मंसिर २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?