राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको चुनावी खर्च साढे ९ लाख रुपैयाँ

सफल खबर संवाददाता

बुधबार, २१ मंसिर २०७९, १२ : ०२
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको चुनावी खर्च साढे ९ लाख रुपैयाँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं जिल्ला निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुकार बमले आफ्नो निर्वाचन खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पेश गरेका छन्।

काठमाडौं क्षेत्र नं १. निर्वाचन परिचालन समितीका संयोजक सुरज गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा बमले मंगलबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पुगेर उम्मेदवारी घोषणा गरिएको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्मको खर्च विवरण बुझाएको उल्लेख गरिएको छ। उनले निर्वाचनमा जम्मा ९ लाख ५१ हजार आठ सय छ रुपैयाँ पच्पन्न पैसा खर्च गरेको विज्ञप्तिमा उल्लेख छ।

‘आज मिति २०७९र०८र२० गते मंगलबारका दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा सम्पूर्ण बिल भौचर सहित निर्वाचन खर्च विवरण बुझाएको छौं। मिति २०७९ जेष्ठ २० गते, उम्मेदवारी रहने घोषणा भएको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्म जम्मा रु. नौ लाख एक्वाउन्न हजार आठ सय छ रुपैयाँ पच्पन्न पैसा ९रु. ९,५१,८०६।५५० खर्च भएको छ।’, विज्ञप्तिमा भनेको छ।

६ लाख ३५ हजार पाँच सय पाँच रुपैयाँ बाहिरबाट सहयोग आएको संयोजक गिरीले बताए।

प्रतिक्रिया दिनुहोस