एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानको ‘समाप्ति’ को आह्वान गरेपछि राष्ट्रपति कार्यलय ह्वाइट हाउसले निन्दा गरेको छ । ट्रम्पले शनिबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा एक पोस्टमा आह्वान गरेपछि ह्वाइटहाउसले निन्दा गरेको हो ।
पोस्टमा ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनाव जितेको आफ्नो झूटो दावी दोहोर्याएका थिए । उनले ‘ठूलो टेक कम्पनीहरू’ लाई डेमोक्र्याटहरूसँग मिलेर आफ्नो विरुद्धमा उत्रिएको आरोप पनि लगाए ।
ह्वाइट हाउसका प्रवक्ता एन्ड्रयु बेट्सले ट्रम्पको टिप्पणी ‘राष्ट्रको आत्माको विपरित’ भएको बताए ।‘तपाईंले जित्दा मात्र अमेरिकालाई माया गर्न सक्नुहुन्न’, बेट्सले एक विज्ञप्तिमा भने, ‘ट्रम्पको टिप्पणीलाई सर्वसम्मत रूपमा निन्दा’ गरिनु पर्छ । ’
पोस्टमा ट्रम्पले ‘ठूलो र व्यापक धोखाधडी र छल’ को अस्पष्ट आरोपहरू उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ मंसिर २०७९, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ममदानीले मलाई भेट्न पहल गर्नुपर्छ, वाशिंटनप्रति सम्मान देखाउनु पर्छ : डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक