एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानको ‘समाप्ति’ को आह्वान गरेपछि राष्ट्रपति कार्यलय ह्वाइट हाउसले निन्दा गरेको छ । ट्रम्पले शनिबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा एक पोस्टमा आह्वान गरेपछि ह्वाइटहाउसले निन्दा गरेको हो ।
पोस्टमा ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनाव जितेको आफ्नो झूटो दावी दोहोर्याएका थिए । उनले ‘ठूलो टेक कम्पनीहरू’ लाई डेमोक्र्याटहरूसँग मिलेर आफ्नो विरुद्धमा उत्रिएको आरोप पनि लगाए ।
ह्वाइट हाउसका प्रवक्ता एन्ड्रयु बेट्सले ट्रम्पको टिप्पणी ‘राष्ट्रको आत्माको विपरित’ भएको बताए ।‘तपाईंले जित्दा मात्र अमेरिकालाई माया गर्न सक्नुहुन्न’, बेट्सले एक विज्ञप्तिमा भने, ‘ट्रम्पको टिप्पणीलाई सर्वसम्मत रूपमा निन्दा’ गरिनु पर्छ । ’
पोस्टमा ट्रम्पले ‘ठूलो र व्यापक धोखाधडी र छल’ को अस्पष्ट आरोपहरू उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ मंसिर २०७९, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ