काठमाडौं । सोमबार बिहान दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा आएको छ। दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१८ मतान्तरले हराउँदै नेकपा माओवादी केन्द्रका गंगा कार्की प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन्।
योसँगै प्रतिनिधिसभा प्रत्यक्षतर्फका सबै सिटको टुंगो लागेको छ। निर्वाचन आयोेगका अनुसार सबैभन्दा धेरै ५७ सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ भने दोस्रो स्थानमा नेकपा एमाले छ।
उसले ४४ क्षेत्रमा विजय हासिल गरेको छ। यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ सिट हात पारेको छ। यसैगरी चौथो स्थानमा रहेर नेकपा एकीकृत समाजवादीले १० क्षेत्रमा जितेको छ।
जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ सिट ल्याएका छन्। आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले ३ सिटमा विजय प्राप्त गरेको छ।
यस्तै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बराबर १ सिट जितेका छन् भने यसपटकको चुनावमा ५ जना स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा सदस्य बनेका छन्।
अब प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम नतिजा आउन बाँकी छ। यही मंसिर ४ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन भएको थियो। प्रदेशसभातर्फ पनि सबै परिणाम सार्वजनिक भइसकेको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु साहले निजामती विधेयकलाई ‘गरिबमारा’ भन्दै रोष्ट्रमबाटै च्याते
प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची तय
प्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको आग्रह
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभामा २३ सांसदका खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस हुने
प्रतिनिधिसभाबाट आज बजेट पारित गरिँदै