काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका २ रिङरोडमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका हेल्पर सैनामैना नगरपालिका ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ ।
तिनाउ अस्पताल वुटवलमा उपचारको क्रममा हिजो साँझ ६ बजे थारुको मृत्यु भएको हो । हिजो साँझ सवा ५ बजे लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्याक्टरको पछाडिको चक्काले किचेको थियो ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु