कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, ०७ : ५३
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार बिहान प्रदेश १ को पहाडी भूभागमा तथा उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  

यस्तै दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी राति पनि प्रदेश १ र गण्डकी प्रदेशको  पहाडी  भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस