काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आगामी सरकारको नेतृत्वका लागि आफ्नो पार्टीको दाबी रहने बताएका छन्। केन्द्रीय कार्यालय, पेरिशडाँमा आयोजित पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव गुरुङले सरकारको नेतृत्वमा माओवादीको दाबी स्वभाविक भएको बताएका हुन्। गुरुङले भने, “विगतदेखि भन्दै आएकाले स्वभाविक ढंगले त्यो कुरा उठाउने विषय स्वतः भयो।”
अहिलेको परिवर्तनको बाहक भएको नाताले पनि नेतृत्वको दाबी गर्न स्वभाविक हुने उनको भनाइ थियो। “संविधान निर्माण खेलेको भूमिका, अहिलेको परिवर्तनको मूल बाहकका रुपमा सरकारको नेतृत्व (प्रधानमन्त्री) को दाबी हुने नै भयो,” गुरुङले भने।
त्यस्तै, माओवादीले अहिले नै गठबन्धनको विकल्पका रुपमा नसोचेको उनले बताए। पदाधिकारी बैठकमा निर्वाचनको समीक्षा भए पनि गठबन्धन र सरकार गठनका विषयमा निर्णय नभएको उनको भनाइ थियो। “गठबन्धन तोड्न पर्छ, फेर्नुपर्छ भन्ने अवस्थामा पुगेको होइन,” गुरुङले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौर हत्याकाण्डबारे माओवादी: ‘राजनीतिक प्रकृतिको घटना भन्दैमा घेराबन्दी गरेर कसैको पनि सामुहिक हत्या गर्न पाइँदैन’
विप्लवसँग छिट्टै पार्टी एकता हुन्छ : महासचिव गुरुङ
ओलीका कारण शान्ति प्रक्रिया अवरुद्ध हुनसक्छ: देव गुरुङ
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
शिक्षकहरूको माग सम्बोधन नगरी संसद् बन्द गर्नु निरंकुशताको पराकाष्ठा : देव गुरुङ
जनयुद्धसम्वन्धी सर्वोच्चको व्याख्या संविधानको स्पिरिटअनुसार छैन : देव गुरुङ