काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् । बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरिएको छ ।
दृष्टिविहीन भएकाहरूको संरक्षण गर्दै उनीहरूको स्वास्थ्य र शिक्षामा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो ।
त्यस्तै बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समिति लाई पंञ्चमुखि गणेश मुर्ति स्थापनाको लागी पचास हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक एवं पर्यटकिय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
यसैगरि बैंकको ठुटिपिपल शाखाद्वारा ओमसत्तिया गाँउपालिका वडा नं १, रुपन्देहीमा अवस्थित श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, ढिके पिङ्ग लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पु¥याउने हुदा बैंकले बाल उद्यानका लागि सामाग्री हस्तान्तरण गरेको हो ।
यस्तै बैंकको रुकुम शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरिएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त
महालक्ष्मी विकास बैंंकले नगद लाभांश दिने
महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट