काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जीपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ ।
घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना