काठमाडौं । धनुषाको बिरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएकाको पहिचान खुलेको छ । इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको बिरेन्द्रबजारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए ।
घटनामा ९ जना घाइते भएका छन्। जसमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह छन् ।
घाइतेहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ मंसिर २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा माइक्रो बस दुर्घटना
‘टिपर’ दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु