काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले शुक्रबार चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकरप्रसाद कुसवाहाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
आयोगले चक्रघट्टा गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई तीन लाख ४१ हजार पाँच सय ४४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरेको हो ।
तत्कालीन अध्यक्ष यादव, वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्यहरु विजयकुमार चौधरी र विनोद साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र सवइन्जिनियर जितेन्द्र यादवलगायतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२)० वमोजिम सजाय हुन मागदाबी गरेको छ । यादव माओवादीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमहानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश
तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगञ्जका मेयर सिंह र तत्कालीन प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर