नेप्से ११.२२ अंकले बढ्याे, एक अर्ब ३२ करोडको कारोबार

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, १५ : ४३
नेप्से ११.२२ अंकले बढ्याे, एक अर्ब ३२ करोडको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ ।नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब ३२ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनसीसी बैंकको प्रोमोटर शेयर ८ करोड १३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख, हिमालयन डिष्टिलरीको ७ करोड २ लाख र नेष्डो समृद्ध लघुवित्तको ४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस