भोलि विवाह गर्दै आश्मा र संयम

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, १३ : २०
भोलि विवाह गर्दै आश्मा र संयम

काठमाडौं । कलाकार जोडी आश्मा दाहाल र संयम पुरीले सात वर्ष लामो प्रेम सम्बन्धलाई शुक्रबार विवाहमा परिणत गर्दैछन् ।

बुधबार महाराजगञ्जको एक पार्टी प्यालेसमा उनीहरुको भव्य मेहेन्दी उत्सव भयो । जहाँ स्वस्मिा खड्का, निश्चल बस्नेत, हेमराज बिसी, सरोज न्यौपाने, मनिष पण्डितसहित उनीहरु निकट फिल्मकर्मी उपस्थित रहे ।

शुक्रबार गोकर्णस्थित नर्लिङ रिसोर्टमा हुने विवाह समारोहमा २०० जना जन्ती उपस्थित हुने जनाइएको छ । पछिल्लो समय अमेरिकामा बस्दै आएका उनीहरु विवाहको लागि नेपाल आएका हुन् ।‘आफन्त र निकट साथीलाई मात्र विवाह समारोहमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस