रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौर बाट इन्स्पेक्टर शंकर थापाको कमान्डमा गएको टोलीले गौर स्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा अवैध रकमसहित दुवै जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गढीमाई नगरपालिका ४ सग्रामपुरका २९ वर्षीय राजुकुमार यादव र ३३ वर्षीय राजेश कुमार यादव रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख ध्रुव कार्कीले बताएका छन ।
उनीहरुको साथबाट १२ लाख ६४ हजार ८ सय स्रोत नखुलेको रुपैयाँ बरामद भएको एसपी कार्कीले जानकारी दिएका छन् । बरामद रूपैयाँ, उनिहरुले प्रयोग गरेको प्रदेश ३९०२९०१३ प ४९५६ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ
खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सूचना दिनेलाई १० लाख भारु इनाम तोकिएका व्यक्ति नेपालबाट पक्राउ परेको दाबी
मरेको खसीको मासु बेचेको आरोपमा २ जना पक्राउ