काठमाडौं। प्रहरीले ताप्लेजुङको मिक्वाखोलाबाट हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । नवीनकुमार नाल्बोलाई मिक्वाखोला गाउँपालिका ४ बाट पक्राउ गरिएको हो । उनीमाथि सहोदर भाइको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप छ ।
नवीनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, उक्त बन्दुकमा प्रयोग हुने गोली (फलामका छर्रा) ६ वटा, बारुद‚ एउटा खुकुरी र रडको टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।उनीमाथि फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सञ्जय बुचाको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ