काठमाडौं । जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । उक्त मुद्दामा फरार रहेका झापाको कनकाई नगरपालिका- ४ का ७७ वर्षीय धनपति ढुङगानालाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ । ।
जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भएपछि फरार रहेका ढुंगानालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि भद्रपुर कारागार पठाइएको समेत प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ