काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अध्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो ।
११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले पहिलो स्थानमा छ । यस्तै २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत पाउँदै चौथो स्थान हासिल गरेको छ ।
यस्तै राप्रपाले ५ लाख ५२ हजार मत पाउँदा जसपाको मत ३ लाख ५८ हजार रहेको छ । यस्तै थ्रेस होल्डको नजिक रहेको जनमत पार्टीले ३ लाख १ हजार मत पाउँदा एकीकृत समाजवादी पार्टीले २ लाख ६४ हजार मत पाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने