कञ्चनपुर । कञ्चनपुरमा हातहतियार खरखजाना मुद्धाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो ।
प्रहरीका अनुसार प्रक्राउ पर्नेमा बेलौरी नगरपालिका–६ का ३६ वर्षीय हरि भट्ट रहेका छन् । सोमबार दिउँसो उनी समातिएको प्रहरीले जनाएको छ । उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले उनलाई हातहतियार, खरखजाना मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो। अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो ।
तर, उनी उक्त सजाय पूरा नगरी फरार रहेका थिए । अहिले फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ