काठमाडौं । मध्यपुर थिमि नगरपालिका–६ हुकाम ओरालोमा शनिबार राति गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा १० प ९५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनको मध्यपुर थिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु पाण्डेले जानकारी दिए ।यस्तै, मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका–७ गोलमढी बस्ने ३२ वर्षीय सुनिल ग्वाछाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुबै सवारी साधन र गाडीका चालक सिन्धुलीको फिक्कल गाउँपालिकाका २७ वर्षीय दाताराम पहाडीलाई नियन्त्रणमा लिएको छ ।घटनाको थप अनुसन्धान अघि बढाएको डिएसपी पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु